दुई साताको सेडुलसहित लमजुङ निस्कियो ‘सतीदेवी’ युनिट
काठमाडौँ । लक्ष्मण सुवेदीको निर्देशन रहने फिल्म ‘सतीदेवी’ युनिट लमजुङ हिडेको छ । दुई दिन काठमाडौँको सुटिङपछि निर्माण युनिट बाँकी छायांकनका लागि लमजुङ हिँडेको हो । फिल्मको छायांकन सोमबारबाट सुरु भएको हो । दुई साताको छायांकन सेडुलसहित फिल्म युनिट लमजुङ हिँडेको निर्देशक सुवेदीले बताए । ‘छायाँंकनमा कुनै अवरोध भएन भने लमजुङ छायांकन दुई सातामा सकिनेछ’ सुवेदीले भने– ‘त्यसपछि छायांकन पोखरमा हुन्छ ।’
लक्ष्मण सुवेदीकै निर्माण तथा लेखनसमेत रहेको फिल्ममा मलिका महत शीर्ष भूमिकामा छिन् । फिल्ममा भोला सापकोटा, सन्दिपबाबु लोहनी, रमेश बुढाथोकी, सुजिता शिवाकोटी, कुलदीप अधिकारी, सिर्जना अधिकारी लगायतको अभिनय रहनेछ । फिल्ममा बाल कलाकारका रुपमा हर्षिका ओली र मन्जिला बानियाँको महत्वपूर्ण भूमिका रहनेछ । फिल्मको सुटिङ अवधि १ महिनाको रहनेछ ।
ग्रामीण परिवेशमा बुनिएको कथाले छोरीको महत्वलाई दर्साउनेछ । ‘छोरी भनेर हेला गर्ने समाजमा छोरीले कतिसम्म गर्न सक्छन् भन्ने कथाको सार हो । यसलाई हामीले मनोरञ्जक हिसाबले प्रस्तुत गर्नेछौँ,’ उनको भने । फिल्मलाई बाबु श्रेष्ठले छायांकन गर्नेछन् भने फिल्ममा देव महर्जनको द्वन्द्व रहेको छ । दीपक शर्मा र सुवास भुसालको संगीत फिल्ममा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण