गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
बिहीबार, १४ वैशाख २०८०, ०९ : ०५
बुटवल । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
बुधबार राति पौने १० बजेको समयमा जिल्लाको मालिका गाउँपालिका २ खल्टिङ्ग्खोला भन्ने स्थानमा लु १ च ९९११ नम्बरको जिप दुर्घटना हुँदा बागलुङको बढिगाड गाउँपालिका बलघासका १८ वर्षीय किशोर केसीको मृत्यु भएको हो ।
उनी जिपका सहचालक भएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिए । दुर्घटनामा जिप चालक २१ वर्षीय प्रेम बहादुर केसीको ढाडमा चोट लागेको र अवस्था सामान्य रहेको छ ।
दर्लिङ्गबाट भिमगिठे तर्फ जाँदै गरेको जिप एक्कासि ब्रेक फेल भई सडक देखि करिब १५० मिटर तल खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण