कस्तो होला ‘नाईं नभन्नू ल ६’ को व्यापार ?
काठमाडौंँ । विकासराज आचार्यद्वारा निर्देशित फिल्म हो ‘नाईं नभन्नू ल ६’ । आशिर्वाद क्षेत्री र आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको प्रचारप्रसार भने खासै देखिन्न् । फिल्मका यस अगाडिका सिरिजको ब्यवसाय राम्रो भएको थियो । त्यसैले यो फिल्मको प्रचार प्रसारमा निर्माण युनिटले खासै ध्यान दिएको छैन । ‘नाईं नभन्नू ल’ को छैठो श्रृंखला भएकोले पनि फिल्मले ब्यवसाय गर्ने आस निर्माण युनिटको छ ।
निर्देशक आचार्य, सामिप्यराज तिमल्सिना र अरुणदेव जोशीको लेखन रहेको फिल्ममा आशिर्वाद र आँचलको अलवा केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, खड्गबहादुर पुन, अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईँटेलका छोरा अथर्वको पनि अभिनय छ । आख्यान फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल हुन् ।
फिल्ममा हिमाल केसीको द्वन्द्व, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण