इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर र टोटनहम बराबरीमा रोकिए
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटेनहम हटस्परबीचको खेल बराबरीमा टुंगिएको छ ।
बिहिबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड र टोटेनहमले २–२ गोलको बराबरीमा आफ्नो खेल टुंग्याएका हुन् ।
लन्डनस्थित टोटेनहम हटस्पर स्टेडियममा भएको खेलको ७ औं मिनेटमा म्यानचेस्टरका जेडान सान्चोले सुरुवाती गोल हानेका थिए भने ४४औं मिनेटमा मार्कस रासफर्डले थप गोल गरे पछि म्यान्चेस्टरलाई पहिलो हाफमा नै २–० को सफलता मिल्न पुगेको थियो ।
तर, उसको सो सफलता भने लामो समयसम्म कायम रहन सकेन् । दोस्रो हाफको ५६ औं मिनेटमा पेड्रो पोरोले गोल गर्दै घरेलु टोली टोटेनहमलाई २–१ को स्थीतिमा फर्काउन सफल भए भने ७९औं मिनेटमा कप्तान ह्यारी केनको पासमा ह्युङ मिन सनले गोल गर्दै खेललाइ बराबरीमा ल्याइदिए । त्यसपछि कुनै टिमवाट गोल हुन नसक्दा अन्ततः खेल २–२ को बराबरीमा रोकिन पुग्यो ।
यस खेलसँगै युनाइटेड ३१ खेलबाट ६० अंक बटुलेर चौथो स्थानमा रहेको छ भने दुई खेल बढी खेलेको टोटेनहम ३३ खेलबाट ५४ अंक बटुल्दै पाँचौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण