बारामा ३५ क्युफिट काठ बरामद
शुक्रबार, १५ वैशाख २०८०, ११ : १०

बारा । बारामा शुक्रबार बिहान ३५ क्युफिट काठ बरामद गरिएको छ । डिभिजन वन कार्यलय बारा अन्तरगर्त रहेको कोहल्वी नगरपालिका ५ ककडी पोष्टबाट खटिएको वन रक्षक टोलीले उक्त काठ बरामद गरेको हो ।
वन रक्षक टोलीले कोहल्वी नगरपालिका–५, खरियाटोलमा घर छेउमा लुकाएर राखेको अवस्थामा ७ थान सालको र २ थान टिकको गोलाई बरामद गरेको हो । बेवारिसे अवस्थामा लुकाइ छिपाई राखेको काठ बरामद गरिएको सहायक डिभिजन वन अधिकृत ललन राउतले बताए ।