शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले लिए शपथ

शुक्रबार, १५ वैशाख २०८०, १२ : ३०
शुक्रबार, १५ वैशाख २०८०

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

आज प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । 

प्रदेश प्रमुख शेरचनले बिहीबार बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरेका चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 

चौधरीलाई नेपाली कांग्रेसका २७, नेकपा माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा, लोसपा, जनमत पार्टीका ३-३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीका १-१ गरी ५३ प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप