सिंहदरबार वैद्यखाना आयुर्वेदिक केन्द्रको घाटा बढ्दै
शुक्रबार, १५ वैशाख २०८०, १६ : ४७

काठमाडौँ । सिंहदरबार वैद्यखाना विकास समितिको आयुर्वेदिक औषधिको उत्पादन तथा अनुसन्धान केन्द्र घाटामा सञ्चालन भइरहेको छ । महालेखापरीक्षको ६० औं प्रतिवेदन अनुसार विकास समितिमा आयभन्दा व्यय बढी भएको पाइएको हो ।
समितिको आयभन्दा व्यय घाटा १४० प्रतिशत रहेको महालेखापरीक्षको प्रतिवेदनमा उल्लेख छ । यसवर्ष बिक्री १ करोड ८१ लाख ७५ हजार भएको देखिएको छ भने खर्च ४ करोड ३५ लाख ७१ हजार हुँदा १४० प्रतिशत घाटामा पुगेको हो ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा २ करोड ६५ लाख १ हजारको औषधि बिक्री भएको थियो भने ५ करोड २९ लाख ४४ हजार खर्च देखिएको छ । त्यस्तै वैद्यखानाले यसवर्ष ३१२ किसिमका औषधि उत्पादन गर्ने लक्ष्य राखेकोमा ७६ किसिमका औषधि मात्रै उत्पादन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेठ १ अर्थात् ऐतिहासिक विद्यार्थी एकता दिवस
-
रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते जावलाखेल लगिने
-
कांग्रेस नेता मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको शिष्टाचार भेट
-
प्रहरी नायव निरीक्षक खड्का उत्कृष्ट अनुसन्धानकर्ता
-
भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी