रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते जावलाखेल लगिने
बिहीबार, ०१ जेठ २०८२, १२ : २३
सारांश
- रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलबाट जावलाखेल लगिनेछ।
- भोटो देखाउने जात्रापछि मच्छिन्द्रनाथलाई बुङ्मती लगिएपछि जात्रा समापन हुनेछ।
काठमाडौँ । रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लगिने भएको छ । लगनखेलको थती टोलबाट रथ तान्न साइत हेर्नुपर्ने भएकोले बिहीबार मंगलबजारको सोह्रखुट्टेपाटीमा बसेर ज्योतिषहरूले निकालेको साइतअनुसार रथ तान्ने उत्तम दिन जेठ १५ गते रहेको ज्योतिष दैवज्ञ किर्तिकिरण जोशीले बताए ।
रथलाई जावलाखेल पुर्याएको चार दिनपछि अर्थात् जेठ १८ गते भोटो देखाउने जात्रा हुने उनले जानकारी दिए । वर्षा र सहकालको देवताका रूपमा रहेको ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा भोटो देखाउने जात्रापछि बाजागाजाका साथ बुङ्गमति लगिएपछि यस वर्षको जात्रा सम्पन्न भएको मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण