विशेष आर्थिक क्षेत्र प्राधिकरणको कर्मचारी नियुक्तिमा महालेखाको प्रश्न
सारांश
- महालेखा परीक्षकले विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) मा कर्मचारी नियुक्तिबारे प्रश्न उठाएको छ।
- महालेखाले लोकसेवा आयोगको सिफारिसबिना करारमा कर्मचारी नियुक्त नगर्न सुझाव दिएको छ।
काठमाडौँ । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) मा कर्मचारी नियुक्ति गरेकोमा महालेखाले प्रश्न गरेको छ । महालेखा परीक्षकको कार्यालयले ६२ औँ वार्षिक प्रतिवेदनमार्फत सेजमा निजामती कर्मचारी राख्नुपर्नेमा अस्थायी र करारमा नियुक्ति गरेको भन्दै प्रश्न उठाएको हो ।
प्रतिवेदनअनुसार सेजमा ५ जना कर्मचारीको ठाउँमा १८ जना नियुक्त गरेको पाइएको छ । विशेष आर्थिक क्षेत्र ऐन, २०७३ को दफा १७ (३) मा प्राधिकरणलाई आवश्यक कर्मचारीहरू सरकारले उपलब्ध गराउने व्यवस्था छ । निजामती सेवा ऐन २०४९ को दफा ७ ‘ग’ बमोजिम निजामती कर्मचारीले गर्नुपर्ने कामको लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइने व्यवस्था छ ।
‘ऐनको व्यवस्थाबमोजिम सरकारले एक उपसचिव एक लेखा अधिकृत,एक लेखापाल र दुई नायब सुब्बा उपलब्ध गराएकोमा सो बाहेक निजामती कर्मचारीले गर्नुपर्ने कामको लागि प्राधिकरणले इन्जिनियर, कम्प्युटर अपरेटरसमेत १८ कर्मचारीहरू अस्थायी/करारमा नियुक्ति गरी ९२ लाख ३६ हजार पारिश्रमिक भुक्तानी गरेको देखियो,’ महालेखाले भनेको छ ।
लोकसेवा आयोगको सिफारिसबाट पदपूर्ति गर्नुपर्ने पदमा करार सेवाबाट कर्मचारी पदपूर्ति गर्ने कार्यमा नियन्त्रण गर्न महालेखाले सुझाव दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण