बहराइनविरुद्ध नेपालले पहिले बलिङ गर्ने
सारांश
- थाइल्यान्डमा जारी महिला टी-२० विश्वकप छनोटमा नेपालले बहराइनविरुद्ध पहिले बलिङ गर्नेछ। बहराइनले टस जितेर ब्याटिङ रोजेको छ।
- नेपालको लागि यो खेल निकै महत्त्वपूर्ण छ, हारले विश्वकप छनोटको सपना समाप्त हुनेछ।
- नेपाल ३ अंकसहित समूह 'सी' मा दोस्रो स्थानमा छ, हङकङ पहिलो स्थानमा छ। बहराइन एक अंकका साथ तेस्रो स्थानमा छ।
- बहराइनलाई हराएमा सुपर-३ मा पुग्ने सम्भावना रहनेछ, तर अन्य खेलको नतिजामा पनि भर पर्नुपर्नेछ।
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोट प्रतियोगितामा बिहीबार नेपाली टोलीले बहराइनविरुद्ध पहिले बलिङ गर्ने भएको छ । बहराइनले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।
जारी छनोट प्रतियोगितामा नेपालले आफ्नो अन्तिम खेल खेल्न लागेको हो । यो खेल नेपाली टोलीका लागि निकै महत्त्वपूर्ण पनि छ । यो खेलमा पराजित भए नेपाली टोलीको विश्वकपमा छनोट हुने सपना समाप्त हुनेछ ।
नेपाली टोली तीन अंकसहित समूह ‘सी’ तालिकाको दोस्रो स्थानमा छ । नेपालले हालसम्म तीन खेल खेल्दै एक जित र एक हारको नतिजा निकालेको छ । नेपाली टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।
अंक तालिकामा हङ्कङ पहिलो स्थानमा आसीन छ । हङ्कङले हालसम्म खेलेको तीनमध्ये एक खेलमा जितको नतिजा निकालेको छ । हङ्कङको दुई खेल भने वर्षाका कारण रद्द भएको थियो । दुई खेल खेलेको बहराइन एक अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।
बिहीबारको खेलमा पराजित भए नेपाली टोलीको अगाडि बढ्ने सपना समाप्त हुनेछ । तर, बिहीबारको खेलमा बहराइनलाई हराए नेपाली टोलीको सुपर–३ चरणमा पुग्ने सम्भावना जीवित रहने छ । त्यसपछि पनि नेपाली टोली अगाडि बढ्न अर्को खेलको नतिजामा भर पर्नुपर्नेछ ।
समूहको अन्तिम खेल शुक्रबार हङ्कङ र बहराइनबिच खेलिने छ । उक्त खेलमा विजयी भए हङ्कङको टोली नेपाली टोलीलाई पछि पार्दै सजिलै सुपर–३ चरणमा प्रवेश गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण