शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कर्णालीको नियमावली मस्यौदा सभामुख शाहीलाई हस्तान्तरण

बुधबार, २३ फागुन २०७४, १९ : ४७
बुधबार, २३ फागुन २०७४

फागुन–कर्णाली प्रदेश संसद नियमावली मस्यौदा समितिले नियमावलीको मस्यौदा बुधवार सभामुख राजबहादुर शाहीलाई हस्तान्तरण गरेको छ ।  समितिका संयोजक सीता नेपालीले उक्त नियमावली सभामुख शाहीलाई हस्तान्तरण गरेकी हुन् । 

संसद नियमावली आगामी चैत्रमा बस्ने संसदको बैठकमा टेबुल हुने र स्वीकृत हुने जनाइएको छ । उक्त मस्यौदा २२२ नियम, ८ अनुसुची र २५ परिच्छेद रहेको जनाइएको छ । सो नियमावलीमा ४ ओटा विषयगत समितिहरु रहने व्यवस्था गरिएको संयोजक सीता नेपालीले जानकारी दिइन् । 

संसदमा अब विधायक तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समिति गठन हुने उनको भनाई छ । उक्त नियमावली अनुसार संसद वैठक तथा विभिन्न विषयगत समितिको वैठकमा सांसदहरुको सदस्य संख्याको ५० प्रतिशत सांसदहरु उपस्थित भएपनि सुचारु जनाईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप