समाचार
अनियन्त्रित ट्रक दुई वटा घरमा ठोक्कियो, ८ जना घाइते
बुधबार, २० वैशाख २०८०, १२ : २०
तनहुँ । तनहुँमा ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भएर घरमा ठोक्कियो पुग्दा ८ जना घाइते भएका छन् । बुधवार बिहान बन्दिपुर गाउँपालिकाको आधिखोलास्थित पृथ्वीराजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुस्लिनतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भएर सडक छेउमा रहेको सुनमाया भुजेल र सन बहादुर भुजेलको घरमा ठोकिन पुगेको हो ।
दुर्घटनामा घाइते हुनेमा स्थानीय आयुस भुजेल, आयुसा भुजेल, चेत बहादुर घर्ती, सनबहादुर भुजेल, जस्मिन भुजेल, ईश्वर भुजेल, समिर भुजेल र सन्तोष भुजेल रहेका छन् ।
घाइतेहरु पैदल यात्रीहरू र सोही घरका मानिसहरू रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेहरूलाई हार्डजोर्नी अस्पताल आबुँखैरेनीमा प्राथमिक उपचारपछि थप उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशनमा मित्र राष्ट्रलाई छैन निम्तो
-
पाथीभरा विवादबारे छानबिन समिति गठन
-
आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता
-
‘सूचनामा नाकाबन्दी लगाउने काम लोकतान्त्रिक सरकारलाई सुहाउँदैन’
-
प्रधानाध्यापक र वडा अध्यक्षबिचको द्वन्द्वले विद्यार्थीको दिवा खाजा बन्द
-
चोटसँग सङ्घर्ष गर्दै गरेका नेयमारले गुमाउने भए विश्वकपको अर्को खेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण