समाचार
राष्ट्रपतिद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
बुधबार, २० वैशाख २०८०, २३ : १०
_VYhTqkVO8y_s7xA0Rogt3.jpg)
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सरकारको सिफारिसमा आगामी वैशाख २४ गतेका लागि अधिवेशन आह्वान गरिएको हो ।
प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख २० को सिफारिसमा सम्वत् २०८० साल वैशाख २४ गते आइतबारका दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।