बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

रियललाई उछिन्यो एट्लेटिकोले

बिहीबार, २१ वैशाख २०८०, ०९ : ०८
बिहीबार, २१ वैशाख २०८०

काठमाडौं । स्पेनिस ला लिगा तालिकामा एट्लेटिको म्याड्रिडले रियल म्याड्रिडलाई उछिनेको छ । एट्लेटिको म्याड्रिड बुधबार राति खेलिएको खेलमा सफलता हात पार्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

एट्लेटिको म्याड्रिडले आफ्नो पछिल्लो खेलमा काडिजलाई ५–१ गोलको फराकिलो अन्तरले हराएको हो । एकपक्षीय खेलमा एट्लेटिको म्याड्रिडका लागि एन्टोइन ग्रिजम्यानले २ गोलको योगदान गरे । खेल सुरु भएको दोस्रो मिनेटमै गोल गरेका ग्रिजम्यानले २७ औं मिनेटमा अर्को गोल थपेका थिए ।

यसैगरी टोलीको जितमा अल्भारो मोराटा, यानिक कारास्को र नाहुएल मोलिनाले पनि १-१ गोलको योगदान गरे । मोराटाले ४९औं, यानिकले ५७औं र मोलिनाले ७३औं मिनेटमा गोल गरेका हुन् । काडिजका एन्थोनी लोजानोले ७२औं मिनेटमा १ गोल फर्काएका थिए ।

जितसँगै एट्लेटिको म्याड्रिडले ३३ खेलबाट ६९ अंक जोडेको छ । रियल म्याड्रिड तालिकाको तेस्रो स्थानमा झरेको छ । रियल म्याड्रिडले ३३ खेलबाट ६८ अंक बटुलेको छ । काडिज भने ३५ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

ला लिगा तालिकाको पहिलो स्थानमा भने बार्सिलोना रहेको छ । बार्सिलोनाले ३३ खेलबाट ८२ अंक बटुलेको छ । ला लिगामा अब सबै टोलीले ५-५ खेल खेल्न बाँकी छ । बुधबार राति नै भएको अर्को खेलमा गेटाफेले सेल्टा भिगोलाई १–० गोलले हरायो । गेटाफेका लागि एन्स युनलले तेस्रो मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप