मध्य वैशाखमा किन बढ्यो चिसो ?

काठमाडौँ । जाडोयाम सकिएसँगै कतिपय सर्वसाधारणले थन्क्याएर राखिएका बाक्ला ज्याकेट, स्वेटर झिकेर फेरि लगाउन थालेका छन् । गर्मी हुने वैशाखको मध्य समयमा पनि मौसममा आएको परिवर्तनले चिसो महसुस गराएको छ ।
अरब सागरबाट आएको जलवाष्पयुक्त बायु र स्थानीय बायुको प्रभावका कारण विगत ३ दिनदेखि देशैभर हल्कादेखि मध्यमस्तरको वर्षा भइरहेको छ । वर्षासँगै तापक्रममा पनि फेरबदल भएको हो ।
जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार बिहीबार बिहान काठमाडौँमा ६ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । सोही समयमा काठमाडौँको न्यूनतम तापक्रम १४ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम २५ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो ।
वर्षा हुनुअघिका दिनमा काठमाडौँको अधिकतम तापक्रम ३० डिग्री सेल्सियससम्म पुगेको जल तथा मौसम पूर्वानुमान शाखाका मौसमविद गोविन्द कुमार झाले रातोपाटीलाई जानकारी दिए ।
यस्तै भैरहवामा यति बेला अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २२ डिग्री सेल्सियस रहेको छ । वर्षा हुनुअघि भैरहवामा अधिकतम तापक्रम ४० डिग्रीसम्म पुगेको थियो ।
मौसम पूर्वानुमान शाखाका अनुसार वर्षापछि तापक्रम ५ डिग्री सेल्सियससम्म घटेको छ । जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले अरेवियन सागरबाट आउने जलवाष्प माथिल्लो उचाइ हुँदै नेपाल प्रवेश गरेका कारण तापक्रम घटेर बढी चिसो महसुस भएको रातोपाटीलाई जानकारी दिइन् ।
उनले भनिन्, ‘पानी परेको बेलामा बढी चिसो हुनुको कारण पानी पार्ने प्रणाली कताबाट कसरी आएको छ भन्ने कुरामा निर्भर हुने गर्दछ । अहिले आएको पानी प्रणाली पश्चिमतिरबाट हिमाली भाग हुँदै आएकोले अहिलेको वर्षा अलि बढी चिसो भएको हो । तर वर्षा भएको बेला अरु बेलापनि तापक्रम त घट्छ नै । यो पटक भने अलि चिसो बढेको छ ।’
बिहान ८ बजेसम्मको वर्षा मापन अनुसार सबैभन्दा धेरै वीरेन्द्रनगर सुर्खेतमा १४ दशमलव ६ मिलिमिटर पानी परेको छ । यस्तै पोखरामा १३ दशमलव ८ मिलिमिटर, जुम्लामा ७ दशमलव १ मिलिमिटर, काठमाडौँमा ६ दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।
यस्तै सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा ७ दशमलव २ डिग्री सेल्सियस, डडेलधुरामा ९ दशमलव ९ डिग्री सेल्सियस मामपन गरिएको छ । यसै गरी ताप्लेजुङमा १२ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार शुक्रवारदेखि मौसममा सामान्य सुधार हुनेछ । यद्यपि शुक्रवार र शनिवारसम्म देशको पहाडी भू–भागमा आंशिक बदली रहने र केही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको पनि शाखा जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षामा मोबाइल फोन लगायत इलेक्ट्रोनिक्स डिभाइस निषेध
-
एनआरएनएका सबै पक्षलाई डा. शेष घलेले गराएको एकता महाधिवेशनमा जोडिन परराष्ट्रमन्त्रीको सुझाव
-
‘वाटर कलर ओडिसी’ : तीन देशका कलाकारको क्यानभासमा आ–आफ्नै पहिचान
-
सडक सुरक्षाका लागि बहुपक्षीय समन्वय आवश्यक छ : मन्त्री दाहाल
-
कुशल मल्ललाई हटाएर नेपाली क्रिकेट टोलीको घोषणा
-
मुस्लिम समुदायका लागि सरकारी सेवामा आरक्षण र शिक्षामा समान अवसर सुनिश्चित : मुख्यमन्त्री आचार्य