कक्षा १२ को परीक्षामा मोबाइल फोन लगायत इलेक्ट्रोनिक्स डिभाइस निषेध
काठमाडौँ । आइतबारदेखि सुरु हुने कक्षा १२ को परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायत इलेक्ट्रोनिक्स डिभाइस लैजान निषेध गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार एक सूचना जारी गर्दै कक्षा १२ को परीक्षा हलमा मोबाइल लगायतका सामाग्री लैजान निषेध गरिएको जनाएको हो ।
जारी सूचनामा परीक्षा हलमा मोबाइल लगिए जफत गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने र ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिने जनाएको छ । परीक्षालाई मर्यादित एवम् व्यवस्थित रूपमा सञ्चालन गर्न इलेकट्रोनिक्स डिभाइसमा प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ ।
भोलिदेखि देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ । परीक्षामा ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ । बोर्डले ५ हजार २०२ विद्यालयका विद्यार्थीको परीक्षाका लागि १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण