सडक सुरक्षाका लागि बहुपक्षीय समन्वय आवश्यक छ : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरण कुनै एक निकायको मात्र सरोकार नरहेको बताएका छन् । सडक विभागसँगको सहकार्यमा सडक साथीले शनिबार गरेको कार्यक्रममा उनले यो बहुपक्षीय र बहुसरोकारवाला विषय भएकाले सबै क्षेत्रहरूको समन्वय आवश्यक रहेको बताए ।
सडक सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षित संरचना निर्माण, प्रभावकारी कानुन निर्माण तथा कार्यान्वयन, दर्बिलो नियमन लगायतका विषयहरू कुनै एक मन्त्रालय वा निकायको क्षेत्राधिकार भित्र मात्र नरहेको उनले उल्लेख गरे ।
‘हामीले धेरै भन्दा पनि सुरक्षित सडक बनाउन आवश्यक छ, त्यस तर्फ हामी लागि सकेका छौँ’ मन्त्री दाहालले भने, ‘तर दुर्घटनाको कारक सडक मात्र नभएर मानवीय त्रुटि, यान्त्रिक गडबडी, प्रतिकुल मौसम, लापरबाही, सडक तथा सवारी नियमबारे जानकारीको अभाव जस्ता विषयहरू पनि रहेकाले सबै पक्षको सहकार्यमा यस तर्फ लाग्न जरुरी भइसकेको छ ।’
सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि उच्च भारका सवारी साधन सञ्चालनमा कडाइ गरिएको, सडक मर्मतलाई नियमित र प्रभावकारी बनाइएको, योजना तर्जुमा गर्दा नै सडक सुरक्षालाई प्राथमिकतामा राख्ने गरिएको भन्दै उनले पैदलयात्रीहरुमा समेत सडक सुरक्षा र नियमबारे जानकारी गराउन आवश्यक रहेको बताए।
कार्यक्रममा विभिन्न सडक विभागका महानिर्देशक रामहरि पोखरेल सहित विभिन्न विज्ञहरूको प्यानलमा सडक सुरक्षा तथा सरोकारका विषयमा छलफल समेत गरिएको संस्थाका संस्थापक निपुर्ण न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण