वार्षिक १० प्रतिशत ब्याजदरमा २ अर्ब ८२ करोडको नागरिक बचत पत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २ अर्ब ८२ करोड रुपैयाँ बराबरको नागरिक बचत पत्र जारी गर्ने भएको छ । बैंकले आगामी जेठ ३० गते कूल २ अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँ बराबरको नागरिक बचत पत्र, २०८५ (५ वर्षे) जारी गर्ने भएको हो ।
उक्त बचतपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ ।
इच्छुक लगानीकर्ता (बचत पत्र खरिदकर्ता) ले वैशाख २४ गतेदेखि जेठ २४ गतेसम्म आवेदन दिन सक्नेछन् । बचतकर्ताले घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । यद्यपि, यस्तो आवेदन नेपाली नागरिकले मात्र दिन पाउने छन् ।
२०८० जेठ ३० गते जारी हुने नागरिक पत्र २०८५ जेठ ३० गते (५ वर्षमा) परिपक्व हुनेछ । बचतकर्ताले ब्याज भने अर्धवार्षिक अर्थात् ६÷६ महिनामा पाउने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओमोडा एन्ड जेइकोलेको ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक, चीन भ्रमणकाे मौका
-
शिक्षामा कम्तीमा २० प्रतिशत लगानी, कसरी सम्भव छ ?
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
चितवनको रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
कांग्रेस संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?