ओमोडा एन्ड जेइकोलेको ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक, चीन भ्रमणकाे मौका
काठमाडौँ । नेपालमा ‘ओमोडा एन्ड जेइको’को आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्रालिले ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ नामसहित सीमित अवधिको लागि एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । यो योजना २०८२ जेठ ४ देखि १० गतेसम्म ‘ओमोडा इफाइभ’ र ‘जेइको जे सिक्स’ मोडलहरूमा लागू हुनेछ । यो विशेष योजना विद्युतीय गाडीहरूको फाइनान्सिङमा सरकारको नयाँ नीति तथा नियम लागू हुनु अघि नै गाडी खरिद तथा अपग्रेड गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको छ ।
‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ अन्तर्गत, ग्राहकहरूले विभिन्न फाइदाहरूको मज्जा लिन सक्नेछन् जसमा नि:शुल्क १ वर्षको बीमा, एउटा निस् शुल्क ७ किलोवाटको चार्जर, र ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किमीको वारेन्टि समावेश रहेको छ । ८० प्रतिशत फाइनान्सिङ सहित मात्र रू ५५ लाख ९९ हजारबाट सुरू हुने गाडीहरूको डेलिभरी जेठ १७ तदनुसार मे ३१ अघि नै निश्चित गर्ने ग्राहकहरूको लागि उत्साहजनक पुरस्कारहरूको व्यवस्था गरिएको छ ।
जसअनुसार गाडी डेलिभरी गरिएकाहरूमध्ये एक भाग्यशाली जोडीले चीनको भ्रमण गर्ने मौका पाउनेछन् । एकजनाले आइफोन १६ प्रो जित्ने मौका पाउनेछन् । त्यसैगरी ५ भाग्यशाली जोडीले लक्जरी स्टेकेसन जित्ने मौका पाउनेछन् । साथै, दुई भाग्यशाली ग्राहकहरूले शून्य ब्याजदरमा १२ महिनासम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् ।
नयाँ सरकारी नियमअनुसार विद्युतीय गाडीहरूको लागि बैंकबाट कर्जा सीमा ९० प्रतिशतबाट ६० प्रतिशतमा सीमित गरिएको छ । यसै समयमा ग्राहकहरूलाई लक्षित गरी ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक गरिएको हो । यो योजनाले विद्युतीय गाडीहरूमा प्रारम्भिक लागत बढ्नुअघि नै विशेष लाभहरूसहित गाडी खरिद वा अपग्रेड गर्ने सुनौलो अवसर प्रदान गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण