‘हाउगुजी’ को फष्टलुकमा के छ ?
बिहीबार, २१ वैशाख २०८०, २० : ३२
काठमाडौँ । बलात्कार पीडित युवतीको कथामा निर्माण भएको फिल्म ‘हाउगुजी’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा बलात्कार पीडित एक युवतीको मनोदशा पोस्टरमा देखाउन खोजिएको छ ।
दीपक परियारको निर्देशन रहेको फिल्म लुम्बिनी मुभी मेकर्सको ब्यानरमा तयार भएको हो । फिल्ममा बोम बहादुर थापा, माया थामी, सुरेन्द्र बराल, विनय उदय, विष्णु पाण्डे, गोपाल परियार, लक्ष्मण बस्नेत, निशा सावत पाण्डे, मानप्रसाद सुवेदी, रोशनी सापकोटा र स्व. कुलचन्द्र पुरीलगायतको अभिनय छ ।
सुदन गौतम र तुलबहादुर थापा निर्माता रहेको फिल्मको एक गीत बाहेक सम्पूर्ण छायांकन बुटवलका विभिन्न क्षेत्रमा भएको हो । फिल्मको प्रदर्शन मिति जुर्न बाँकी छ ।
फिल्मले बलात्कारविरुद्ध जनचेतना फैलाउन ठूलो भूमिका खेल्ने निर्देशक परियारले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण