शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चम्सुरीले ल्याइन् ‘तिमी जाने भट्टीतिर’

शुक्रबार, २२ वैशाख २०८०, १२ : ०९
शुक्रबार, २२ वैशाख २०८०

काठमाडौँ । हास्य अभिनेत्री पल्पसा डङ्गोल (चम्सुरी)ले आफ्नो स्वरमा नयाँ गीत ‘तिमी जाने भट्टीतिर’ सार्वजनिक गरेकी छन् । गीत उनले आफ्नो जन्म दिनको अवसर पारेर बिहीबार सार्वजनिक गरेकी हुन् ।

मापसेको लतमा लागेर श्रीमती र परिवारलाई दुःख दिएका श्रीमानलाई सुधार्ने सन्देश दिने गीतमा शब्द, सङ्गीत रमेशराज भट्टराईको छ ।

गीतको भिडियो पनि पल्पसा आफैँले निर्देशन गरेकी हुन् । जसमा उनीसँगै राजु भुजु, मञ्जु श्रेष्ठ, आरके मानन्धर, सुनिता श्रेष्ठ ठाकुरको अभिनय देख्न सकिन्छ ।  दुर्गा पौडेलको छायाङ्कन रहेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

पल्पसाले यो गीत तीन बर्ष पहिले नै ल्याउने तरखर गरेकी थिइन् । त्यतिबेला कोरोना सुरु भयो र उनको पनि दुवै मिर्गौला बिग्रियो । त्यसपछि ओछ्यान परेकी यी कलाकारले जीवनबाटै आस मारेकी थिइन् । आफ्नै भाइ अजु डङ्गोलले एउटा मिर्गौला दान गरेपछि नयाँ जीवन पाएकी पल्पसाले त्यो गीतलाई ल्याएकी हुन् ।

आफ्नो स्वर राम्रो नभएपछि सन्देश प्रवाहका लागि गीत ल्याएको पल्पसाले बताइन् । ‘भाइले मिर्गौला दान गरेपछि बोनसमा पाएको यो जीवनमा धेरै भन्दा धेरै काम गर्नु छ । त्यसैले जन्मदिनको अवसर पारेर नयाँ गीत सार्वजनिक गरेकी हुँ’ उनले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप