जनताको स्वास्थ्यलाई ध्यानमा राखेर काम गर्नु : स्वास्थ्य मन्त्री बस्नेत
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मातहतका ५ वटै महाशाखाका कर्मचारीलाई मन्त्री बस्नेतले उक्त निर्देशन दिएका हुन् ।
आगामी वर्षको बजेटमा सरकार जुटेकोले विपन्न जनताले स्वास्थ्य सेवा पाउने ग्यारेण्टी गर्ने आधारमा बजेटको विनियोजन गर्न मन्त्री बस्नेतले कर्मचारीहरुलाई निर्देशन दिए । कर्मचारीले सफलताका साथ जिम्मेवारी बहन गरे मात्र जनताले सहज उपचारसेवा पाउने र त्यसकै आधारमा मन्त्री पनि सफल हुने बस्नेतले बताए ।
यस्तै, उनले आफू सँगको भेटघाटको समय हरेक दिन साँझ ४ बजेपछि राखिएको जानकारी दिए । सूर्तिजन्य पदार्थमा दरको दायरा बढाएर भए पनि विपन्न जनतालाई स्वास्थ्य उपचार दिनुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘सूर्तिजन्य पदार्थमा कर बढाऔं र त्यसबाट संकलन भएको रकम वीर अस्पताल लगायतका विपन्नको उपचार हुने अस्पताललाई अनुदान दिआंै ।’ साथै, उनले मन्त्रालयमा गर्न सकिने सुधारका कामका लागि आफूलाई लागेका सल्लाह लिखित रुपमा दिन आग्रह गरे ।
यस्तै, कार्यक्रममा कमिसनका लागि अनावश्यक उपकरण किन्ने र तिनलाई प्रयोग नगरेर थन्क्याउने गलत प्रवृत्ति रहेको बताउँदै मन्त्री बस्नेतले त्यो चलन तत्काल रोक्न कर्मचारीहरुलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण