‘द अनब्रेकेबल : अगस्त्य’ मा भित्रिए प्रमोद, रवीन्द्र र विजय
काठमाडौँ । सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘द अनब्रेकेबल ः अगस्त्य’मा कलाकारको रूपमा अभिनेता प्रमोद अग्रहरी, रवीन्द्र झा र विजय बराल भित्रिएका छन् । निर्माण युनिटले फिल्मको मुख्य कलाकारको रूपमा यी तीन कलाकार भित्र्याएको हो ।
फिल्मका लागि प्रमोद, रवीन्द्र र विजय भित्रिएसँगै कलाकारको लाइन अप बलियो भएको छ । फिल्मका लागि यस अगाडि सौगात मल्ल, नाजिर हुसेन र मलिका महत छनौट भएका छन् ।
कलाकारसँगै निर्माण युनिटले फिल्मको छायाङ्कन अगामी जेठ १२ गतेबाट सुरु हुने बताएको छ । दुई च्याप्टरमा निर्माण हुने फिल्मको कथा निर्देशक स्वयंको हो । उनले दुवै च्याप्टरको कथा तयार पारिसकेका छन् । फिल्मलाई प्रकाश मल्ल र अनीश तामाङले निर्माण गर्नेछन् ।
डार्क हर्ष इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको नेपालमा काठमाडौँ र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायाङ्कन हुनेछ । फिल्मको छायाङ्कन सञ्जय लामा हुन् । फिल्मको शीर्षक हिन्दु धर्मका सप्त ऋषि मध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण