बुधवार विवाह गर्दै विक्की र श्रद्धा
काठमाडौँ । टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चिनिएका विक्की अग्रवाल र रियालिटी शो निर्देशक तथा कलाकार श्रद्धा प्रसाईं बुधवार विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरूको विवाह समारोह त्रिभुवन आर्मी क्लबमा आयोजना गरिएको छ । विवाहमा परिवार, आफन्त र साथीभाइको उपस्थिति रहनेछ ।
विवाह अगाडि सोमबार उनीहरूको मेहन्दी समारोह आयोजना भएको थियो । जसमा सेलिब्रेटीको बाक्लो उपस्थिति थियो
विक्की र श्रद्धाले गत मंसिरमा इन्गेजमेन्ट गरेका थिए । केही वर्षदेखि प्रेम सम्बन्धमा भएपनि सम्बन्धलाई लुकाउँदै आएका उनीहरुले इन्गेजमेन्ट अगाडिमात्र प्रेम सार्वजनिक गरेका थिए । ‘कमेडी च्याम्पियन’बाटै यी दुईको प्रेम अंकुराएको थियो ।
विक्की ‘कमेडी च्याम्पियन’का फष्ट रनर अप हुन् भने श्रद्धाले निर्देशकीय पाटो सम्हालेकी थिइन् । अहिले विक्की ‘कमेडी वीथ च्याम्पियन’ को निर्देशन गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण