पचास प्रतिशत महिलालाई नेतृत्व तहमा पुर्याउँछौः ज्वाला
सुर्खेत– कर्णाली प्रदेश सरकारका कार्यबाहक मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ५० प्रतिशत महिलालाई नेतृत्व तहमा पुर्याउनुपर्ने कुरामा जोड दिएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित १०८ औँ अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले कर्णालीका महिलाहरुलाई अब समान अधिकार प्राप्त गर्न आफु लागिपर्नेमा जोड दिए । महिलालाई समान अधिकार लगाएत न्यायिक अधिकार दिन अब कसैले रोक्न नसक्ने दाबी समेत उनले गरे ।
महिलाहरु नीति निर्माण तहमा पुग्नै नसकेका कारण पछि परेको उनको भनाई थियो । अव महिलाहरु नीति निर्माण तह, राजनितिक दलको उच्च ओहोदामा नभएरै आफ्नो पक्षमा वकालत गर्न नसक्दा पछि पर्नुपरेको उल्लेख गरे । महिलालाई पनि कुनै अधिकारबाट बञ्चित नगराउनका लागि अब आमाको नाममा नागरिकता पाउने र पहिचान सहितको अधिकार प्राप्त गरेको उनको भनाई थियो । मन्त्री ज्वालाले महिलाहरुको पक्षमा महिला मैत्री कानून बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
घर आगनमा प्रदेश सरकार आएकाले अब केहि समस्या र पीडा भए प्रत्यक्ष गुनासो समेत गर्न सकिने बताए । जसका लागि अपाङ्ग, महिला अन्य अशक्तका लागि सहजताको बाटो पहिल्याउने उनले बताए ।
त्यस्तै, सामाजिक विकास मन्त्री दल रावलले पनि महिला उत्थानका लागि कुनै कसर बाँकी नराख्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण