स्टार कलाकार देशभक्तिको फिल्म खेल्न मान्दैनन् : नवल खड्का
काठमाडौँ । निर्देशक तथा अभिनेता नवल खड्काले नेपालका स्टार कलाकार देशभक्तिको फिल्म खेल्न नमान्ने आरोप लगाएका छन् । पैसा दिन्छु भन्दा पनि उनीहरुले फिल्म खेल्न नमानेकोे उनको धारणा रहेको थियो । ‘काँडेतार’ लाई सेन्सरले रोकेको बिषयमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै नवलले फिल्म ‘काँडेतार’ मा पनि स्टारले खेल्न नमानेको बताए ।
‘काँडेतार’मा पैसा दिन्छु भन्दा पनि स्टार कलाकारले खेल्न मानेनन् । हाम्रोमा देशभक्ति भन्ने बुझ्दैनन्’, उनले भने, ‘विदेशमा भए देश भक्तिपूर्ण फिल्म स्टार कलाकारले फ्रिमा खेल्थे ।’ उनले फिल्म निर्माणको समय कलाकार पाउन गाहे भएको समेत सुनाए । ‘काँडेतार’ आफुले देशभक्तिका लागि निर्माण गरेको बताएका नवलले सेन्सरले फिल्म रोक्न नहुने दोहोर्याए । खड्काले भने, ‘मेरो चलचित्र देशको हित विपरित भए मलाई मारिदिए हुन्छ ।’
‘ज्यानको बाजी थापेर देशभक्तिले ओतप्रोत फिल्म बनाए । अहिले सेन्सरले दुःख दियो’, खड्काले थपे–‘मेरो फिल्म राष्ट्रियताको पक्षमा छ । फिल्म बिनाकाटछाट रिलिज गर्न पाउनुपर्छ ।’ ‘काँडेतार’ केही अगाडि सेन्सरमा गएको थियो । फिल्मका केही सम्बाद र दृश्य काटछाट गर्नुपर्ने भन्दै सेन्सरले प्रदर्शनमा रोक लगाएको छ । निर्माता निर्देशक नवल खड्का भने आफुले देशभक्तिपूर्ण फिल्म बनाएको भन्दै बिना काटछाट प्रदर्शन गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।
फिल्ममा नवल खडका, गौरव पहारी, सुरविना कार्की, रेविका गुरूङ्ग, प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा, सञ्जय खतिवडा, पुष्प श्रेष्ठ, रोमियन लिम्बू लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण