आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

स्टार कलाकार देशभक्तिको फिल्म खेल्न मान्दैनन् : नवल खड्का

बुधबार, २७ वैशाख २०८०, ११ : ४७
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । निर्देशक तथा अभिनेता नवल खड्काले नेपालका स्टार कलाकार देशभक्तिको फिल्म खेल्न नमान्ने आरोप लगाएका छन् । पैसा दिन्छु भन्दा पनि उनीहरुले फिल्म खेल्न नमानेकोे उनको धारणा रहेको थियो । ‘काँडेतार’ लाई सेन्सरले रोकेको बिषयमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै नवलले फिल्म ‘काँडेतार’ मा पनि स्टारले खेल्न नमानेको बताए ।

‘काँडेतार’मा पैसा दिन्छु भन्दा पनि स्टार कलाकारले खेल्न मानेनन् । हाम्रोमा देशभक्ति भन्ने बुझ्दैनन्’, उनले भने,  ‘विदेशमा भए देश भक्तिपूर्ण फिल्म स्टार कलाकारले फ्रिमा खेल्थे ।’ उनले फिल्म निर्माणको समय कलाकार पाउन गाहे भएको समेत सुनाए । ‘काँडेतार’ आफुले देशभक्तिका लागि निर्माण गरेको बताएका नवलले सेन्सरले फिल्म रोक्न नहुने दोहोर्याए । खड्काले भने, ‘मेरो चलचित्र देशको हित विपरित भए मलाई मारिदिए हुन्छ ।’

‘ज्यानको बाजी थापेर देशभक्तिले ओतप्रोत फिल्म बनाए । अहिले सेन्सरले दुःख दियो’, खड्काले थपे–‘मेरो फिल्म राष्ट्रियताको पक्षमा छ । फिल्म बिनाकाटछाट रिलिज गर्न पाउनुपर्छ ।’ ‘काँडेतार’ केही अगाडि सेन्सरमा गएको थियो । फिल्मका केही सम्बाद र दृश्य काटछाट गर्नुपर्ने भन्दै सेन्सरले प्रदर्शनमा रोक लगाएको छ । निर्माता निर्देशक नवल खड्का भने आफुले देशभक्तिपूर्ण फिल्म बनाएको भन्दै बिना काटछाट प्रदर्शन गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । 

फिल्ममा नवल खडका, गौरव पहारी, सुरविना कार्की, रेविका गुरूङ्ग, प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा, सञ्जय खतिवडा, पुष्प श्रेष्ठ, रोमियन लिम्बू लगायतको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप