कर्णाली प्रदेशसभा नियमावली, २०७४ हस्तान्तरण
सुर्खेत– कर्णाली प्रदेशसभा नियामवली, २०७४ मस्यौदा समितिले आज सभामुख राजबहादुर शाहीलाई प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रदेशसभा सदस्य सीता नेपालीको संयोजकत्वमा गठित आठ सदस्यीय मस्यौदा समितिले सभामुख शाहीलाई बुधबार साँझ प्रतिवेदन बुझाएको हो ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र सामाजिक विकासमन्त्री दल रावलसहितको उक्त समितिले चारवटा समिति र तिनको कार्य क्षेत्रसमेत तोकिएको प्रतिवेदन बुझाएको हो । नियमावली प्रतिवेदनमा २६ परिच्छेद र आठवटा अनुसूची रहेको समितिका संयोजक नेपालीले जानकारी दिए ।
“समितिको आठवटा बैठक बसेर मस्यौदा तयारीमा व्यापक छलफल गयौं । तोकिएको १५ दिनको अवधिभित्रै प्रतिवेदन सभामुखलाई बुझाएका छौँ,” उनले भने । उनले प्रदेशको आवश्यकताका आधारमा तयार गरिएको नियमावली, २०७४ का विषयमा विशेषज्ञहरुबाट पनि सुझाव लिइएको बताए ।
संविधानको धारा, १९३ बमोजिम प्रदेशसभाको कार्यप्रणालीलाई व्यवस्थित गर्न नियमावलीअन्तर्गत विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत साधन र सामाजिक विकास समितिको प्रस्ताव गरिएको छ ।
त्यसैगरी, समितिले कर्णाली प्रदेशसभा कार्य सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधि, २०७४ खारेजी र सो कार्यविधिबमोजिम भए÷गरेका काम–कारबाही यसै नियमावलीबमोजिम मानिने प्रस्ताव गरेको छ । महिला र पुरुष दुवैको हत्केलामाथि पृष्ठभागमा कर्णाली प्रदेशको नक्सा र त्यसमाथि नेपालको राष्ट्रिय झण्डा राखिएको, फेदमा कर्णाली प्रदेशसभा सदस्य लेखिएको हुने नमूना पनि प्रस्ताव गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन बुझ्दै सभामुख शाहीले अहिले सबै प्रदेशसभा सदस्यहरु नभएकाले राष्ट्रप्रतिको निर्वाचनपछि मात्र बैठकमा प्रस्तुत हुने बताए । प्रदेशसभा बैठकबाट पारित भइसकेपछि मात्र प्रदेशसभा नियमावली, २०७४ जारी हुने उनले जनाए । प्रतिवेदन हस्तान्तरण कार्यक्रममा समितिका अन्य सदस्यहरु, मीना रखाल, दीनबन्धु श्रेष्ठ, यज्ञबहादुर बुढा र शोशिला शाहीको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण