विक्की र श्रद्धाले गरे विवाह
काठमाडौँ । कमेडियन विक्की अग्रवाल र कलाकार श्रद्धा प्रसाईँले विवाह गरेका छन् । उनीहरुको विवाह समारोह अहिले त्रिभुवन आर्मी क्लबमा आयोजना भइरहेको छ ।
विवाहमा विशाल भण्डारी, कमेडी कलाकारहरु सुमन कार्की, भरतमणि पौडेल, प्रभात लामा, मेक्सम गौडेल लगायत कलाकार, आफन्त र साथीभाइको उपस्थिति रहेको छ । उनीहरुको विवाह भोज पनि आजै बेलुका आयोजना गरिएको छ ।
विवाह अगाडि सोमबार उनीहरुको मेहन्दी समारोह आयोजना भएको थियो । जसमा सेलिब्रेटीको बाक्लो उपस्थिति थियो
विक्की र श्रद्धाले गत मंसिरमा इन्गेजमेन्ट गरेका थिए । केही वर्षदेखि प्रेम सम्बन्धमा भएपनि सम्बन्धलाई सार्वजनिक रुपमा लुकाउँदै आएका उनीहरुले इन्गेजमेन्ट अगाडि प्रेम सार्वजनिक गरेका थिए । ‘कमेडी च्याम्पियन’बाटै यी दुईको प्रेम अंकुराएको थियो ।
विक्की ‘कमेडी च्याम्पियन’का फष्ट रनरअप हुन् भने श्रद्धा ले निर्देशकीय पाटो सम्हालेकी थिइन् । श्रद्धाले ‘दर्पणछाया २’ र ‘प्रेमगीत २’ समेत अभिनय गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण