बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प
बिहीबार, २८ वैशाख २०८०, ०७ : २९
बाजुरा । बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा सडक दुर्घटनामा १५ जनाको मृत्यु, २२ घाइते
-
नेपाललाई चौथो सफलता
-
बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
-
जनतालाई आशा भरोसा जगाउने १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी छ : प्रधानमन्त्री प्रचण्ड
-
‘अब मेरो परिचय ‘मैतबहादुर’ हुन्छ’
-
मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिन उपराष्ट्रपति यादवको आग्रह