सुनको मूल्य स्थिर, चाँदीको घट्यो
बिहीबार, २८ वैशाख २०८०, १० : ४०
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । आजको मूल्यसूची तय गर्दै महासङ्घले हिजो बुधबारकै मूल्यमा सुनको कारोबार भइरहेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैयाँ कायम छ । हिजो बुधबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १४ सय ३० रुपैयाँ कायम भएको जानकारी दिएको छ । आज १५ रुपैयाँ घटेको चाँदी हिजो बुधबार प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण