शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न अदालतको आदेश

बिहीबार, २८ वैशाख २०८०, २० : ०७
बिहीबार, २८ वैशाख २०८०

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारी गैरकानुनी रहेको भन्दै त्यहाँको सर्वोच्च अदालतले उनको रिहाइका लागि आदेश दिएको छ ।

पाकिस्तानको सर्वोच्च अदालतले इमरान खानलाई रिहा गर्न आदेश दिनुका साथै उच्च अदालतको न्यायिक प्रक्रियामा सामेल हुन भनेको छ ।

भ्रष्टाचारसम्बन्धी एक मुद्दामा इमरान खानलाई मंगलबार अदालत परिसरबाटै गिरफ्तार गरिएको थियो । बिहीबार सर्वोच्च अदालतले उनको गिरफ्तारी अवैध रहेको भन्दै रिहाइका लागि आदेश दिएको हो ।

इमरान खानको गिरफ्तारीपछि पाकिस्तानका विभिन्न स्थानमा हिंस्रक प्रदर्शन भएका छन् ।

पाकिस्तानी सर्वोच्च अदालतका मुख्य न्यायाधीशले इमरान खानलाई उनको गिरफ्तारी भएपछि देशमा भएको हिंसाको निन्दा गर्न भनेका थिए । तर इमरानले ती हिंस्रक घटनाका लागि आफू जिम्मेवार नरहेको बताए । उनले आफ्नो पार्टीले हिंसा नभएर चुनाव चाहेको पनि प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप