पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न अदालतको आदेश
इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारी गैरकानुनी रहेको भन्दै त्यहाँको सर्वोच्च अदालतले उनको रिहाइका लागि आदेश दिएको छ ।
पाकिस्तानको सर्वोच्च अदालतले इमरान खानलाई रिहा गर्न आदेश दिनुका साथै उच्च अदालतको न्यायिक प्रक्रियामा सामेल हुन भनेको छ ।
भ्रष्टाचारसम्बन्धी एक मुद्दामा इमरान खानलाई मंगलबार अदालत परिसरबाटै गिरफ्तार गरिएको थियो । बिहीबार सर्वोच्च अदालतले उनको गिरफ्तारी अवैध रहेको भन्दै रिहाइका लागि आदेश दिएको हो ।
इमरान खानको गिरफ्तारीपछि पाकिस्तानका विभिन्न स्थानमा हिंस्रक प्रदर्शन भएका छन् ।
पाकिस्तानी सर्वोच्च अदालतका मुख्य न्यायाधीशले इमरान खानलाई उनको गिरफ्तारी भएपछि देशमा भएको हिंसाको निन्दा गर्न भनेका थिए । तर इमरानले ती हिंस्रक घटनाका लागि आफू जिम्मेवार नरहेको बताए । उनले आफ्नो पार्टीले हिंसा नभएर चुनाव चाहेको पनि प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण