दंगीशरणका स्वास्थ्य संस्थामा निःशुल्क भिडियो एक्स–रे
दाङ । दाङको दङ्गीशरण गाउँपालिकाले पालिकाका सातवटै स्वास्थ्य संस्थामा बिहीबारदेखि निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गरेको छ । श्रीगाउँ स्वास्थ्यचौकी बागरमा एक कार्यक्रमका बीच भिडियो एक्स–रे सेवाको उद्घाटन गरिएको हो ।
ग्रामीण क्षेत्रका गर्भवतीले आफ्नो र बच्चाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा बच्चा र आमाको स्वास्थ्य अवस्था सुरक्षित राख्न ग्रामीण भिडियो एक्स–रे सेवाको सुरुआत गरिएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए । उनले गिरीले अझै पनि स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका गर्भवतीको गर्भजाँच, शिशु र आमाको स्वास्थ्य अवस्था जाँच्न घर–घरमा पुगी सेवा प्रदान गर्न स्वास्थ्य स्वयंसेविकाहरूलाई निर्देशन दिए ।
आफ्नो चुनावी प्रतिबद्वताअनुरुप महिला र गर्भवतीको सवालमा महत्त्वपूर्ण निर्णय गरेकाले पनि आफू स्वास्थ्यको क्षेत्रमा सधैँ गम्भीर रही अगाडि बढ्ने उनको भनाइ थियो ।
पालिका उपाध्यक्ष पीमा वली खड्काले दङ्गीशरणका दुर्गम भेगमा पनि भिडियो एक्स–रेसेवा पुग्ने भएपछि आफू धेरै खुसी भएको बताए । यस्तै वडा नं ६ का अध्यक्ष रोशनजङ्ग शाहले प्राथमिक स्वास्थ्य केन्द्र बागरबाट स्तरीय स्वास्थ्य सेवाका लागि आफू लागिपरेको बताए ।
बुधबारदेखि दङ्गीशरणभित्रका स्वास्थ्य संस्थामा गर्भवतीले आफ्नो बच्चाको अवस्था र आमाको अवस्थाबारे जानकारी लिन पाउने भएपछि स्वास्थ्यमा ठूलो सहयोग मिल्ने गाउँपालिकाले अपेक्षा लिएको छ । ग्रामीण भिडियो एक्स–रे मेसिनको प्रयोगले आमा र बच्चाको खतराको अवस्थालाई जानकारी दिने र ग्रामीण भेगका गर्भवतीले निःशुल्क सेवा पाउने भएका हुन् ।
बुधबारदेखि शुभारम्भ भएको गर्भवती परीक्षण सेवा दङ्गीशरणका सातवटै वडा तथा टोलमै पुगी समयतालिका बनाई निःशुल्क गर्भवती भिडियो एक्स–रे सेवा शुभारम्भ गरिएको प्राथमिक स्वास्थ्य केन्द्र बागरका व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ६ का वडाध्यक्ष शाहले बताए ।
स्वास्थ्य संस्थाको पहुँचदेखि टाढा रहेका गर्भवतीका लागि घरमै पुगी निःशुल्क सेवा प्रदान गरिने स्वास्थ्य केन्द्र बागरका डा सुगत अधिकारीले बताए । भिडियो एक्स–रे सेवाको मुख्य उद्देश्य शिशु मृत्युदर र मातृ मृत्युदर घटाई दिगो विकास लक्ष्यमा सहयोग पुर्याउने रहेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण