युरोपा लिग फुटबल : गाट्टीको गोलले हारबाट जोगायो युभेन्ट्सलाई
काठमाडौँ । युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो लेग खेलमा इटालियन ‘पावर हाउस’ युभेन्ट्स घरेलु मैदानमै सम्भावित पराजयबाट जोगिएको छ । स्पेनिस क्लब सेभिलविरुद्घको खेलको पहिलो हाफमै गोल खाएको युभेन्ट्सले अन्ततः सेमिफाइनलको पहिलो लेग खेललाई १-१ को बराबरीमा टुंग्यायो ।
२४ वर्षीय इटालियन खेलाडी फेड्रिको गाट्टीले अन्तिम समयमा गोल गरेपछि युभेन्ट्स हारबाट जोगिएको थियो । गाट्टीले दोस्रो हाफको इन्जुरी समयको सातौं मिनेटमा जवाफी गोल गरेका थिए । उनलाई पल पोग्बाले पास उपलब्ध गराएका थिए । त्यसअघि खेल सुरु भएको २६औं मिनेटमै सेभिलका लागि युसुफ नेसिरीले गोल गरेका थिए ।
सेभिल युरोपा लिगको क्वार्टरफाइनलमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलको दोस्रो लेग खेल आगामी जेठ ५ गते सेभिलको घरेलु मैदानमा खेलिने छ । सेभिल सबैभन्दा बढी युरोपा लिगको उपाधि जित्ने क्लब हो ।
सेभिलले हालसम्म ६ पटक युरोपा लिगको उपाधि जितेको छ । पछिल्लो पटक सेभिलले सन् २०२० मा युरोपा लिगको उपाधि चुमेको थियो । त्यतिबेला फाइनलमा सेभिलले इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोलले हराएको थियो ।
युभेन्ट्सले भने हालसम्म ३ पटक युरोपा लिगको उपाधि हात पारेको छ । युभेन्ट्स १ पटक भने उपविजेता बनेको छ । युभेन्ट्सले पछिल्लो पटक सन् १९९३ मा युरोपा लिगको उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण