बुटवलमा राष्ट्रिय पार्क सम्मेलन हुँदै
बुटवल । बुटवलमा हुने राष्ट्रिय पार्क सम्मेलनको तयारी तीव्र पारिएको छ । पार्क व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानुनी जटिलताका विषयमा बहस गरी स्पष्ट कानुन बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले बुटवलमा आगामी जेठमा राष्ट्रिय पार्क सम्मेलन हुन लागेको हो ।
उक्त पार्क सम्मेलनमा देशभरका करिब १ सय पार्कबाट १५० देखि १६० जनासम्म सहभागी हुनेछन् । बुटवलको मणिमुकुन्द सेन उद्यान र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को नेतृत्वमा जेठ ६ र ७ गते हुन लागेको सम्मेलनको तयारीस्वरुप छलफल गरिएको सम्मेलनका सदस्य सचिव अनन्त सिलवालले जानकारी दिए ।
धेरैजसो पार्कहरु वन क्षेत्रभित्र सञ्चालनमा रहेकाले बेलाबेलामा वनसँग हुने विवाद र द्वन्द्व अन्त्यका लागि स्पष्ट कानुन बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बुटवलको मणिमुकुन्दसेन उद्यानका अध्यक्ष खेम लुइँटेलले बताएका छन् ।
रुपन्देहीको तिलोमता रहेको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले पर्यटन, वातावरण संरक्षण, मानव स्वास्थ्य र सौन्दर्यताका लागि पार्कहरूको ठुलो महत्त्व भए पनि राज्यले कानुनी रूपमा कुनै सम्बोधन नगरेको सम्मेलनले कानुन निर्माणमा तीनै तहका सरकारलाई दबाब पुग्ने अपेक्षा गरिएको बताए ।
सम्मेलनमा पार्क व्यवस्थापनमा नीतिगत समस्या र कानुनी जटिलताका विषयमा संविधानविद् काशीराज दाहालले कार्यपत्र पेस गर्ने छन् । समुदायबाट सञ्चालित पार्कहरूलाई लगाइएको मूल्य अभिवृद्धि कर, उपभोक्ता समितिबाट हुने निर्माण कार्यका सम्बन्धमा रहेका जटिलताका विषयमा पनि सम्मेलनमा छलफल हुने छ ।
देशभरका करिब सयवटा पार्कका व्यवस्थापन समितिका पदाधिकारी सहभागी हुने सम्मेलन सम्पन्न गर्न करिब ३० लाख खर्च हुने भएकाले प्रदेशका स्थानीय तह र प्रदेश सरकारसँग सहयोगका लागि पहल गरिएको छ । भने सम्मेलनले नेपाल पार्क महासंघ गठन गरी बुटवल घोषणपत्रसमेत जारी गर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण