आपसी विवाद खुकुरी प्रहार: दुईजना गम्भीर घाइते
शुक्रबार, २५ फागुन २०७४, ०८ : २९
रुकुम - रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन् ।
रुकुम (पूर्व) भुमे गाउँपालिका–३ का १८ वर्षीय रवीन सुनारले विहीबार खुकुरी प्रहार गर्दा पुथा उत्तरगंगा गाउँपालिका –६ का १७ वर्षीय सुदीप बुढा र सोही ठाउँका १६ वर्षीय युवक केसी गम्भीर घाइते भएका छन् ।
उनीहरु तीनैजना रुकुम (पश्चिम) जिल्ला सदरमुकाम मुसीकोट खलंगामा बस्दै आएका थिए ।
आपसी विवादमा उनीहरुबीच झडप भएको प्रहरीको भनाइ छ ।
घाइतेको मेडिकल कलेज, कोहलपुर, बाँकेमा उपचार भइरहेको छ ।
खुकुरी प्रहार गर्ने सुनारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब निरीक्षक सुरेन्द्रकुमार स्वाँरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण