‘बागमती गट ट्यालेन्ट’ आयोजना हुने
काठमाडौँ । एएनपी मिडिया हाउसले ‘बागमती गट ट्यालेन्ट’ आयोजना गर्ने भएको छ । बागमती प्रदेशका गायन तथा नृत्य प्रतिभालाई अगाडि ल्याउने उद्देश्यले शो आयोजना गर्न लागेको हो । ‘शो’ का लागि धादिङ, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, मन्थली, सिन्धुली, भक्तपुर र काठमाडाैमा चरणवद्ध रुपमा अडिसन हुनेछ । नौ स्थानको अडिसनबाट चुनिएका प्रतिभालाई काठमाडौँमा ल्याएर डिजिटल अडिसन गरिनेछ भने त्यसबाट चुनिएकाहरूलाई रियालिटी शो मा सामेल गरिनेछ ।
‘रियालिटी शो’ को अन्तिम स्पर्धाबाट गायन र नृत्य विधामा विजयी बागमती गट ट्यालेन्टलाई पुरस्कार स्वरूप जनही नगद एक लाख रुपैयाँ तथा फस्ट रनर्स अपलाई जनही ३० हजार र सेकेन्ड रनर्स अपलाई जनही २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । अडिसनको सुरुवात धादिङबाट भइसकेको छ भने भोलि वैशाख ३० गते शनिवार चितवनमा अडिसन हुने आयोजक लव कार्कीले जानकारी गराए । उनका अनुसार ‘रियालिटी शो’ मा आठदेखि १३ वर्षका बाल प्रतिभालाई सामेल गरिनेछ ।
बागमती गट ट्यालेन्ट सिंगिङ एन्ड डान्सिङ ‘रियालिटी शो’ मा मिथिला शर्मा, गौरी मल्ल, आनन्द कार्की र देवीका वन्दनाको मार्गदर्शनमा हुनेछ । राष्ट्रिय टेलिभिजनबाट प्रसारणमा आउने ‘रियालिटी शो’ मा निर्देशन लवबहादुर कार्कीको रहनेछ भने कार्यक्रम संयोजक राजेन्द्र लुइँटेल, इभेन्ट संयोजक शम्भुप्रसाद रेग्मी, इभेन्ट व्यवस्थापक ए तामाङ र भिजन संयोजक डेभिल राजपूत रहेका छन् ।
विभिन्न प्रतिभा तथा सौन्दर्यमूलक प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले बालबालिकामा अन्तर्निहित गायन र नृत्य प्रतिभालाई बाहिर ल्याउनका लागि पहिलोपटक बागमती गट ट्यालेन्ट सिंगिङ एन्ड डान्सिङ रियालिटी शो गर्न लागेको आयोजक संस्था एएनपी मिडिया हाउसका सिइयो लवबहादुर कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण