दमौली महोत्सवमा लाउरेको लाइभ कन्सर्ट: ओइरिए दमौलीका युवा
तनहुँ - तेस्रो दमौली महोत्सवमा बिहीबार लाइभ कन्सर्ट सम्पन्न भएको छ । बुधबारबाट सुरु भएको महोत्सवको दोस्रो दिन बिहीबार साझ चर्चित र्यापर आशिष राना (लाउरे) को लाइभ कन्सर्ट सम्पन्न भएको हो ।
लाइभ कन्सर्टमा दमौली र दमौली आसपासका युवायुवतीको निकै भिड लागेको थियो । कन्सर्टमा १० हजार बढी युवायुवतीको उपस्थिति रहेको कन्सर्ट व्यवस्थापन ओइडिएमएल मिडिया ग्रुपका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताए ।
साँझ ६ बजे सुरु हुने भनिएको कन्सर्ट ८ बजे तिर मात्र लाउरे स्टेज उक्लेका थिए । लाउरे लाई डिजे सस्पोइजनले साथ दिएका थिए ।
दमौलीमा पहिलोपटक आउँदा धेरै माया र सपोर्ट पाउदा धेरै खुशी लागेको लाउरेले बताए । कन्सर्ट ओइडिएमएल मिडिया ग्रुपले व्यवस्थापन गरेको छ ।
कन्सर्टको लागी विशेष सुरक्षाको व्यवस्था गरिएको थियो । जसमा नेपाल प्रहरी, सशस्त्र , नेपाली सेना, भुपु सैनिक, २० जना बाउनसर लगाएतकाले सुरक्षा दिएको श्रेष्ठले बताए ।
११ दिन सम्म संचालन हुने महोत्सवमा युवाहरु लाई लक्षित गर्दै चार दिन कन्सर्ट गर्न लागिएको आयोजकले जनाएको छ ।
कन्सर्ट साँझ ६ बजे देखि ९ बजे सम्म चल्ने कलाकार तथा कन्सर्ट संयोजक कुमार मल्लले बताए । महोत्सवको ४ दिन कन्सर्ट हुने र टिकट मुल्य तिन सय रुपैयाँ राखिएको उनले बताए । कन्सर्टको लागी टिकट साझ ५ बजेबाट खुल्ला गरिने समेत उनले जानकारी दिए ।
फागुन २८ गते तृष्णा गुरुङको लाइभ प्रस्तुति रहनेछ । फागुन ३० गते को लागि नितेश जंग कुवर पक्का भएको ग्रुपले बताएको छ । त्यसैगरि डि मर्चा ब्यान्डले चैत २ गते दमौली महोत्सव तताउने छ । महोत्सव आगामी चैत ३ गते सम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण