जुफालमा ठूलीभेरी नगरको केन्द्र उद्घाटनः आन्दोलनमा उत्रिए दुनैवासी
डोल्पा - डोल्पाको जुफालमा नगरपालिकाको केन्द्र उद्घाटन गरिएको छ ।
बिहीबार ठूलीभेरी नगरपालिकाको स्थायी केन्द्रको रुपमा जुफालमा उद्घाटन गरिएको हो । उक्त नगरपालिकाको पहिलो नगरसभाको असार ३१ को निर्णयअनुसार बहुमतले नगरको केन्द्र दुनैबाट जुफाल सार्ने निर्णयअनुसार बिहीबार औपचारिक रुपमै नगरको केन्द्र उद्घाटन गरिएको नगर प्रमुख गणेशबहादुर शाहीले जानकारी दिए ।
मन्त्रिपरिषद्को माघ २४ को निर्णय र फागुन १६ मा राजपत्रमा प्रकाशित सूचनाअनुसार दुनैमा रहेको नगरको केन्द्र स्थायीरुपमा जुफाल–७ मा स्थापना गरिएको नगर प्रमुख शाहीले बताए ।
संघीयताको मूल मर्मअनुसार केन्द्रीकृत विकासलाई जसरी विकेन्द्रीकृत गरिन्छ त्यसै गरी नगरका सबै जनतालाई पायक पर्नेगरी जुफालबाटै सम्पूर्ण नगरका सेवा सुविधा प्रदान गरिने भएकाले जनतालाई नझुक्किन शाहीले अनुरोध गरे ।
केन्द्रको उद्घाटन त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख तथा नेकपा एमालेका नेतासमेत रहेका ओमबहादुर बुढाले गरेका थिए । नगरको उद्घाटन बाजागाजा, कलश घडासहितका नौ कन्या अगाडि लगाएर बजार परिक्रमासहित नगरको केन्द्र उद्घाटन गरिएको थियो ।
उद्घाटनलाई भव्यरुपमा सफल पार्न साविकका माझफाल गाविसका सम्पूर्ण सर्वसाधारणको समेत उपस्थिति रहेको थियो । उद्घाटन समारोहका अवसरमा नगरका ५ देखि ९ वडा सम्मका जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, सर्वसाधारण तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो ।
दुनैवासी आन्दोलित
यसैबीच, जुफालमा नगरको केन्द्र उद्घाटन गरिरहँदा दुनैवासी भने आन्दोलनमा रहेका छन् । छलकपट गरेर नगरको केन्द्र सारेको भन्दै एकसातासम्म दुनै ठप्प पारेका सदरमुकामवासीले भने सांकेतिक आन्दोलन जारी राख्ने शर्तमा गत बुधबार भने बन्द खुलाएका थिए ।
नगरको केन्द्र किर्ते जालसाजी गरेर दुनैबाट जुफाल सारेको उनीहरुको आरोप रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण