विशेष प्रशिक्षणका लागि सुवास अस्ट्रेलिया प्रस्थान
काठमाडौँ । नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङ एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिप (एएसी)ले सञ्चालन गर्ने एएसी एकाडेमी प्रशिक्षणमा सहभागी हुन अस्ट्रेलिया प्रस्थान गरेका छन्।
नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले सुवासलाई शुभकामनासहित बिदाइ गरे। सुवासले जेठ १ देखि ५ गतेसम्म मेलबर्नमा आयोजना हुने विशेष प्रशिक्षणमा सहभागिता जनाउने छन्। सुवास हाल विश्व एमेच्योर गल्फ वरीयतामा १८९औँ स्थानमा रहेका छन्।
मेलबर्नमा सुवासले विज्ञहरूबाट सञ्चालन हुने गल्फ, खेल विज्ञान, फिटनेस लगायतका सेसनमा भाग लिनेछन्। आगामी अक्टोबर महिनामा रोयल मेलबर्न गल्फ क्लबमा आयोजना हुने एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपको तयारीका लागि खेलाडीहरूलाई विशेष प्रशिक्षण प्रदान गर्ने योजनाका साथ एएसी एकाडेमी आयोजना गरिएको जनाइएको छ। अक्टोबर २६ देखि २९ सम्म रोयल मेलबर्न गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा सुवास र सद्भाव आचार्यले नेपालको प्रतिनिधित्व गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण