बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

विशेष प्रशिक्षणका लागि सुवास अस्ट्रेलिया प्रस्थान

शनिबार, ३० वैशाख २०८०, १३ : ३५
शनिबार, ३० वैशाख २०८०

काठमाडौँ । नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङ एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिप (एएसी)ले सञ्चालन गर्ने एएसी एकाडेमी प्रशिक्षणमा‌ सहभागी हुन अस्ट्रेलिया प्रस्थान गरेका छन्। 

नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले सुवासलाई शुभकामनासहित बिदाइ गरे। सुवासले जेठ १ देखि ५ गतेसम्म मेलबर्नमा आयोजना हुने विशेष प्रशिक्षणमा सहभागिता जनाउने छन्। सुवास हाल विश्व एमेच्योर गल्फ वरीयतामा १८९औँ स्थानमा रहेका छन्। 

मेलबर्नमा सुवासले विज्ञहरूबाट सञ्चालन हुने गल्फ, खेल विज्ञान, फिटनेस लगायतका सेसनमा भाग लिनेछन्। आगामी अक्टोबर महिनामा रोयल मेलबर्न‌ गल्फ क्लबमा आयोजना हुने एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपको तयारीका लागि खेलाडीहरूलाई विशेष प्रशिक्षण प्रदान गर्ने योजनाका साथ एएसी एकाडेमी आयोजना गरिएको जनाइएको छ।  अक्टोबर २६ देखि २९ सम्म रोयल मेलबर्न‌ गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा सुवास र सद्भाव आचार्यले नेपालको प्रतिनिधित्व गर्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप