बहुपति प्रथाको कथामा बनेको चलचित्र टुल्कीको ट्रेलर सार्वजनिक (भिडियोसहित)
काठमाडौँ । बहुपति प्रथाको कथामा बनेको चलचित्र टुल्कीको ट्रेलर सार्वजनिक गरिएको छ। आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र टुल्कीको ट्रेलर शुक्रवार रिलिज गरिएको हो । एकदशक अगाडि उपल्लो मुस्ताङमा चल्दै आएको बहुपति प्रथाको कुमारी विषयमा मुस्ताङ निवासी मुस्ताङ्गी राजाका भान्जे ज्वाइँ राजेन्द्र ठकुरीले चलचित्र निर्माण गर्न खोजेको थिए । विविध कठिनाइका बाबजुद मुस्ताङकै विषयमा निर्माण भएको चलचित्र मुक्तिदाता पछि दोस्रो प्रोजेक्टका रूपमा बहुपति प्रथा विषयमा चलचित्र निर्माण गर्ने सपना चलचित्र निर्माता ठकुरीको थियो।
त्यो सपना निर्माता ठकुरीको पूरा हुन नसके पनि यतिखेर मुस्ताङको नभएर डोल्पाको बहुपति प्रथा विषयमा नेपाली कथानक चलचित्र टुल्कीको निर्माण भएको छ। द पाल्म ग्रुपले बहुपति प्रथा विषयमा चलचित्र टुल्की निर्माण गरेर नयाँ आयाम थपिदिएको छ। एक पत्नीले एकभन्दा बढी पति राख्ने परम्परागत प्रचलनमा चलचित्र निर्माण गर्नु सहज भने अवश्य होइन । लामो अध्ययन तथा अनुसन्धान अनि ठुलो बजेट खर्च गरेपछि मात्र निर्माण सम्पन्न भएको हो।
सम्भवतः बहुपति प्रथामा आधारित पहिलो चलचित्र टुल्कीको छायाङ्कन डोल्पा जिल्लाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँ बस्तीमा भएको निर्माण कम्पनीले भनेको छ । डोल्पा, हुम्ला, मुगु, मुस्ताङ लगायतका हिमाली जिल्लाको भेषभूषामा प्रथाको रूपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई टुल्की मार्फत देखाइएको निर्माता शेखर लामाको जिकिर छ।
चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर उपल्लोमा जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाको नाममा भोग्नुपरेको वैवाहिक सामूहिक बलात्कारको दुःखान्त कथा वस्तुलाई चलचित्रमा उजागर गरिएको छ ।
शेखर लामाको प्रस्तुति रहेको यस चलचित्रलाई देव थापाले निर्देशन तथा सुशील अधिकारी र नमराज घिमिरे ले छायाङ्कन गरेको हुन भने सम्पादन तारा किम्भे थापा सङ्गीत तथा गीतकार ज्ञानेन्द्र गिरी र रोहित देउवा हुन भने रेखा जोशी, हरिनानाथ र रोहित देउवाको स्वर मा २ गीत समावेश रहेको छ र पार्श्व सङ्गीत सञ्जीव सुब्बाको रहेको छ । यस चलचित्रको निर्माण भने आरपी कर्माचार्य र उजेली लामाले गरेका हुन् ।
चलचित्रमा वरिष्ठ कलाकार शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, रत्नप्रसाद न्यौपाने, हिमाली न्यौपाने, सौजन सुब्बा, सोफिया लिम्बू, नरेन्द्र तामाङ, शेखर लामा, भक्तसिंह कठायत लगायतका कलाकारको अभिनय रहेको छ । बाबुलाल लामा कार्यकारी निर्मातामा रहेको फिल्म वितरणको जिम्मा डीसीएन र रिच इन्टरटेनमेन्टले पाएको छ । यस चलचित्रको कथा लक्ष्मण सुनार र पटकथा संवाद भने शेखर लामाले गरेका हुन । करिब चार वर्षको अनुसन्धानपछि चलचित्र निर्माण गरिएको र झन्डै एक करोड खर्च भएको निर्माण पक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण