राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई
बुटवल । पाल्पाको रानी महलमा जारी महलमा सम्पन्न राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि उचालेको हो ।
आर्मीको दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले पुलिसको इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा हराएको थियो । बैशाख २८ गतेबाट रानी महल प्राङ्गणमा सुरु भएको प्रतियोगितामा उपाधि सहित आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता पुलिसले एक लाख रुपैयाँमा प्राप्त गरेको छ ।
यस्तै विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफको टिमले कर्णाली प्रदेशलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै तेस्रो बन्न सफल भएको थियो । एपीएफले ५० हजार र कर्णालीले २५ हजार रुपैयाँ प्राप्त गरेका छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेको मुख्य सहयोग र सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा सञ्चालित प्रतियोगिता रानीमहललाई बिच भलिबलको हब बनाउने उद्देश्यका साथ गत वर्षदेखि सुरुआत गरिएको थियो ।
प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेस गरी ५ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरी ९ टोली सहभागी रहेको आयोजकले जनाएका छन् ।समापन समारोहका प्रमुख अतिथि प्रदेश सभा सदस्य वीरबहादुर राना, फाउन्डेसनकी अध्यक्ष निरोज मास्के लगायतले विजेता खेलाडी र टिमलाई पुरस्कृत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण