नेत्रज्योति संघ गुल्मीको सभापतिमा पाण्डे
गुल्मी । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीको सभापतिमा अखिलेश्वर प्रसाद पाण्डे निर्वाचित भएका छन् । शनिबार सदरमुकाम तम्घासमा सम्पन्न २६ औं जिल्ला सभा तथा अधिवेशनबाट पाण्डे निर्विरोध सभापतिमा निर्वाचित भएका हुन् ।
अधिवशेनबाट सदस्यहरुमा राजेन्द्रप्रसाद श्रेष्ठ, कृष्णप्रसाद पोखरेल, पार्वता थापा, विष्णु कुमारी सापकोटा, बिनोद पाण्डेय, फर्शुराम पाण्डेय, वीरेन्द्र भुसाल, उमा पाण्डेय, पदम प्रसाद पाण्डेय, नरेन्द्र पाण्डे, हरि प्रसाद पाण्डेय, दुर्गाप्रसाद पाण्डेय निर्वाचित भएका छन् ।
आज भएको अधिवशेनबाट एक जना सभापति तथा १२ सदस्य सहित १३ जनाको कार्य समिति निर्वाचित भएको हो ।
निर्वाचित कार्य समितिको पहिलो बैठकले मनिराम अर्याल, अशोक पाण्डेय र शारदा पाण्डेयलाई मनोनित गरेको छ । नवनिर्वाचित कार्य समितिको अर्को बैठकले उपसभापति, सचिव , कोषाध्यक्ष, सह-सचिव सहित पदाधिकारी चयन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण