सुर्तीजन्य पदार्थमा कर बढाइ गरिवको निःशुल्क उपचार गर्छौंः मन्त्री बस्नेत
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् ।
हेलम्बु ३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले गरिबले अस्पतालमा गएर उपचार गर्नसक्ने अवस्था नभएको भन्दै यो अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता जनाए । उनले अहिलेको समयमा पनि थुन्से र डोकोमा हालेर अस्पतालमा लैजान बाध्य भएको भन्दै सुर्तीजन्य पदार्थमा कर बढाई सो करबाट गरिबलाई निःशुल्क उपचार गर्ने व्यवस्था ल्याउन लागिएको बताए ।
मन्त्री बस्नेतले आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरुले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाइने र अभिया सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाबाट शुरु भइसकेको पनि बताए । उनले पाल्चोक मन्दिरलाई व्यवस्थित र आकर्षित बनाउने तथा पाल्चोकलाई पर्यटकीय गन्तव्य बनाउने प्रतिवद्धता जनाए । साथै पाल्चोकमा स्वास्थ्य चौकीको भवन व्यवस्थित नभएको बताउँदै यसको लागि पहल गर्ने उनले बताए ।
कार्यक्रममा वागमती प्रदेशका सांसद कृष्णकुमार तामाङले आफ्नो कार्यकालमा सडक र खानेपानीमा धेरै काम गरेको बताए । उनले आफूले सांसद भएदेखि नै प्रदेश सरकार समक्ष सिन्धुपाल्चोकका समग्र समस्या अवगत गराउँदै आएको पनि उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसिड आक्रमणमा दृष्टिविहीन हुनबाट बचेका विस्साको कंगोका लागि ऐतिहासिक गोल गर्ने
-
सरकारको नियतमाथि राप्रपाले उठायो प्रश्न, ईभी काण्डमा संसदीय छानबिन समिति माग
-
लगातार वर्षासँगै मेची राजमार्गमा पहिरो, इलाम सदरमुकाम जाने सडक जोखिमयुक्त
-
रास्वपाको महाधिवेशनमा मित्र राष्ट्रलाई छैन निम्तो
-
पाथीभरा विवादबारे छानबिन समिति गठन
-
आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण