पल र पूजाले सँगै थापे अवार्ड, तर बोलेनन् !
काठमाडौँ । एक समय अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माबीच बलियो सम्बन्ध थियो । उनीहरुले थुप्रै प्रोजेटसँगै काम गरेका छन् । अभिनेता पल शाह जेल जाँदा दुवै अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिज भएको थियो । जसको निर्माण पूजा आफैले गरेकी थिइन् ।
पल जेलमा हुँदा पूजा पटक पटक भेट्न पुगेकी थिइन् । पल निर्दोष भन्दै अन्तर्वार्ता समेत दिँदै हिँडेकी पूजा उक्त कारणले धेरै पटक आलोचित समेत भइन् । तर जेलबाट निस्किएपछि पल र पूजाको सम्बन्धमा तिक्तता आएको खबर लगातार बाहिर आइरह्यो । उक्त खबरलाई शुक्रबार आयोजित ‘सिने सर्कल अवार्ड’ ले पनि पुष्टि गर्छ ।
अवार्डमा ‘म यस्तो गीत गाउँछु २’ बाट पल र पूजाले ‘वेस्ट पर्दाको जोडी’ को अवार्ड प्राप्त गरे । अवार्डका लागि पूजा र पल एकसाथ स्टेज चढे । पल जेलबाट निस्किएको साढे २ महिनापछि पहिलो पटक पूजा र पल सार्वजनिक कार्यक्रममा आमुन्ने सामुन्ने भएका थिए । तर बोलचाल भने गरेनन् ।
स्टेजमा दुवैले जोडिएर क्यामेरातिर फर्किएर अवार्ड देखाए । तर, उनीहरुबीच कुनै गफगाफ भएको वा दुवैले एक अर्काको अनुहारमा हेरेर खुसी साटेको देखिएन । अवार्ड थापेपछि दुवै स्टेजबाट फर्किएर आफू बसेको स्थानमा गए ।
फिल्मी पर्दामा वेस्ट जोडीको रूपमा चिनिएका यी दुबैबीच बोलचाल नहुनुलाई दुई बिच राम्रै खटपट भएको बुझ्न सकिन्छ । अवार्ड सकिएपछि मिडियाकर्मीसँग कुराकानी गर्ने क्रममा भने पूजाले पलसँग ‘हाई हेल्लो’ मात्र भएको गफ दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण