बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘भ्रष्ट र अपराधकर्मी संगठनको जालोले निरन्तरता पाइरहेको छ’

आइतबार, ३१ वैशाख २०८०, १९ : ००
आइतबार, ३१ वैशाख २०८०

काठमाडौँ । पूर्वराजदूत नीलाम्बर आचार्यले सिद्धान्त नमिल्ने पार्टीहरु मिलेर बारम्बार सरकार बनाउनु संस्थागत अपराध भएको बताएका छन् । 

आइतबार काठमाडौँमा टंकप्रसाद आचार्य प्रतिष्ठानले आयोजना गरेको नक्कली शरणार्थी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सिद्धान्त नमिल्ने पार्टीहरुबीच एक अर्कासँगको एकता प्रक्रिया भ्रष्ट र अपराध कर्मीहरुको गर्ने गरेको बताए ।  

जति पटक निर्वाचन भएर सरकार परिवर्तन भएपनि भ्रष्ट र अपराधकर्मीको संगठनको जालोले निरन्तरता पाइराखेको उनले बताए । उनले भुटानी शरणार्थी प्रकरणमा वर्तमान सरकारले सक्षमता प्रदर्शन गर्न आवश्यक रहेको बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरण एउटा धनिभुत संगठित अपराध भएको बताए । नक्कली शरणार्थी मात्रै नभएर मानव तस्कर र राज्य विरुद्धको राज्यलाई खोक्रो पार्ने अपराध भएको उनले टिप्पणी गरे । अपराधमा संलग्न हुनेहरु धेरै शक्तिशालीहरु हुने र उनीहरुलाई संरक्षण दिनेहरु महाशक्तिशालीहरु भएको उनले बताए । 

आचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको शासन व्यवस्था कता गइरहेको छ ? भनेर देखाएको बताए । शरणार्थी प्रकरणको घटनामा राजनीतिक प्रतिशोधको रुपमा नभएर पक्राउ पर्नेहरु अपराध गर्नेको रुपमा पक्राउ परेको उनले बताए । 

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले प्रहरीले आफ्नै पूर्वगृहमन्त्रीलाई पक्राउ गर्नु शाहसीपूर्ण काम भएको बताए ।  सरकार दृढतापूर्वक लाग्दा कुनैपनि काम गर्न सकिने कुरा नक्कली भुटानी शरणार्थी प्रकरणले देखाएको उनले बताए ।  भ्रष्टाचार विरुद्धमा सबै एक जुट हुनसके देशलाई परिवर्तन गर्न सकिने उनले बताए । उनले शरणार्थी प्रकरण कसरी सामसुम बनाउन सकिन्छ भन्दै ठूला दलका नेताहरु नै सक्रियता जगाएको देखिएको आरोप लगाए । भ्रष्टाचारका विषयमा छानबिन गर्ने निकायहरु सक्रिय हुन आवश्यक देखिएको उनले बताए । 

त्यस्तै ,स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपालमा सम्पूर्ण पार्टी नीतिगत भ्रष्टाचारमा लिप्त रहेको बताए । सांसद सिंहले नेपालमा भ्रष्टाचार विभिन्न रुपमा हुने गरेको बताए । उनले नेपालका १ हजार मानिसहरुको पैसा दुबईमा क्यापिटल फ्लाइटमार्फत गएको बताए ।  उनले सयभन्दा बढी मानिसहरुको गोल्डेन भिसा समेत रहेको दाबी गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप