कमेडी च्याम्पियनका विजेता भरतमणिले २५ लाखको साटो १४ लाख मात्रै पाएको भन्दै पोखे गुनासो
कमेडी च्याम्पियनको सिजन २ का विजेता भरतमणि पौडेलले एक वर्षको प्रतीक्षापछि तोकिएको पुरस्कार राशिभन्दा लगभग आधा मात्रै पाएको भन्दै दुखेसो पोखेका छन् । कमेडी च्याम्पियनका विजेताले पाउनु पर्ने पुरस्कारको रूपमा एउटा कार र नगद २५ लाख भनिएको थियो । तर भरतले १४ लाख २५ हजार मात्रै पाएको बताएका छन् ।
हिमालय टेलिभिजनको ‘सेलेब्स टक सो’ सँगको कुराकानीमा भरतमणिले भनिएको रकमभन्दा करिब आधा मात्रै पाएको बताएका छन् । विजेता बनेको एक वर्ष पुग्न लाग्दा यति रकम पाउँदा आफू आश्चर्यमा परेको उनले बताएका छन् । पुरस्कार राशिमा आकस्मिक लाभांश करका साथै विभिन्न कर काटिएपछि उनको हातमा यति रकम परेको हो । उनले भने, ‘यति थोरै रकम आउँछ भने मलाई थाहा थिएन । अलि– अलि त काटिएला भन्ने सोचेको थिएँ तर झन्डै आधा नै काटिँदा अचम्ममा परेँ ।’
उनले भने, ‘ के– के कुरा काटियो भनेर पछि सोध्दा करको सूची नै देखाउनुभयो । केही भन्न पनि मिलेन । ’ उनका अनुसार आफूले पुरस्कारमा पाएको कारको पनि विभिन्न कर त्यही रकमबाट काटिएको हो ।
यद्यपि, अहिले आएर दुःख मानेर, असन्तुष्ट व्यक्त गरेर केही नहुने भन्दै आफूले चित्त बुझाएको पनि उनले बताएका छन् । तर अहिलेसम्म पुरस्कारमा पाएको कार पनि आफ्नो नाममा पास नगरिदिएको भन्दै गुनासो पोखे ।
उनले विजेताले पाउने पुरस्कारमा कर नकाट्दिए र सुरुमा नै पुरस्कार राशि धेरै नभन्दिए हुन्थ्यो भनेर सुझाव दिएका छन् । उनले भनेका छन्, ‘थोरै भए पनि यति पाइन्छ भनेर पहिले नै भनिदिएको भए हुन्थ्यो होला । त्यसमा नै खुसी भइन्थ्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण