‘ए साथी सुन’ सबैले हेर्न पाउने
काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता रमेश बानियाँको मुख्य भूमिका रहेको फिल्म ‘ए साथी सुन’ सबैले हेर्न पाउने भएका छन् । मंगलबार चलचित्र सेन्सर बोर्डले फिल्म हेर्दै युनिभर्सल (सबैले हेर्न मिल्ने) प्रमाणपत्र दिएर सेन्सर पास गरेको हो ।
फिल्मका निर्माता टायम कट्टेले फिल्म बिना काँटछाँट जस्ताको तस्तै पास भएको बताए । ‘सेन्सर बोर्डले फिल्मको तारिफ गर्दै कथा समेत मन परेको बताए’ कट्टेलले भने ।
‘ए साथी सुन’ अगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । लभस्टोरी, थ्रीलर र कमेडी जानरामा निर्माण भएको फिल्ममा
वर्षा र रमेशको अलवा आर्यन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरी लगायतको अभिनय छ । ‘ए साथी सुन’ स्वर्गीय कलाकार जयनन्द लामाको अभिनय रहेको अन्तिम फिल्म हो ।
फिल्म रामराधव आचार्यले निर्देशन गरेका हुन् । निर्देशक आचार्यकै लेखन समेत रहेको फिल्ममा बीना कार्की र सन्तोषकुमार राई र टायम कट्टेल निर्माताको रुपमा रहेका छन् ।
इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको आरआर फिल्मस्ले वितरण गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण