सिंघम अगेनमा विक्कीको प्रवेश
मुम्बई । बलिउडमा वाईआरएफ स्पाई युनिभर्सपछि निर्देशक रोहित सेठ्ठीको कप युनिभर्स प्रतिक्षित फिल्म निर्माणमा अग्रस्थानमा पर्छ । कप युनिभर्सले अजय देवगनलाई लिएर ‘सिंघम’, ‘रणवीर सिंहलाई लिएर ‘सिम्बा’ र अक्षय कुमारलाई लिएर ‘सूर्यवंशी’ निर्माण गरिसकेको छ ।
निर्देशक रोहित यतिबेला ‘सिंघम अगेन’को तयारीमा छन् । फिल्म ‘सर्कस’को प्रमोसनका समयमा उनले अभिनेत्री दीपिका पादुकोण नयाँ कप युनिर्भसको चरित्रमा देखिने खुलासा गरेका थिए । अब यो फिल्ममा ‘उरी’ अभिनेता विक्की कौशल पनि जोडिने भएका छन् । विक्कीलाई फिल्ममा लिने विषयमा रोहितसँग छलफल भइसकेको छ ।
निर्देशक रोहित विक्कीलाई दिइने चरित्रका बारेमा योजना बनाइरहेका छन् । स्रोतका अनुसार रणवीरको भन्दा विक्कीको कप चरित्र फरक हुनेछ । ‘रोहित विक्कीको हिरोइक चरित्रलाई नयाँ फिल्ममा देखाउन चाहन्छन्’, स्रोतले भन्यो ।
रोहित र विक्की तीन वर्षयता नयाँ फिल्मका लागि छलफलमा छन् । उनीहरुको छलफलले यो वर्ष पूर्णता पाउनेमा दुवै ढुक्क छन् । अहिले रोहित फिल्मको स्क्रिप्टको काम गरिरहेका छन् । ‘सिंघम अगेन’मा अजय देवगन, करिना कपुर, रणवीर सिंह, अक्षय कुमार र दीपिका पादुकोणको पनि अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण