स्वास्थ्यमन्त्री बस्नेतद्वारा ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन गरेका छन् । सुनकोसी गाँउपालिका र एक एक पाईला फाउन्डेसनको सहकार्यमा सञ्चालित एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालको बिहीबार मन्त्री बस्नेतले उद्घाटन गरेका हुन् ।
१० श्ययाको लिफ्ट र अक्सिजन प्लाट सहितको यो अस्पताल भौतिक रूपमा सुविधा हरेको एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालका अध्यक्ष नेत्र कार्कीले बताए । २०७४ साल मंसिरबाट निर्माण सुरू भएको अस्तालल २०७९ साउन १ गतेबाट २४ घण्टै ईमर्जेन्सी सेवासहित उपचार सुरू भएको थियो ।
मेजर अपरेशन बाहेकका सबै उपचारात्मक सेवा अस्पतालले प्रदान गर्दै आएको कार्कीले बताए । ठोकर्पा अस्पतालले इमर्जेन्सी, एक्से, प्रसुती, आँखा उपचार, दन्त सेवा, फारमेसी लगायतका सेवा दिँदै आएको छ । यस अस्पतालबाट एसएस एमसी सेवा अन्तरग जेष्ठ नागरिक र ओसीएमसी सेवा अन्तर्गत लैङ्गिक हिंसामा परेका ४ जना महिलाको निःशुल्क उपचार गरेको छ ।
तीन सयभन्दा बढीको मोतिविन्दुको सफल अप्रेसन गरेको छ । अस्पतालले तीन हजार बढी बिरामीको उपचार गरेको छ। अस्पताल निर्माणमा भौतिक तथा आर्थिक सहयोग गर्ने दाताहरूलाई मन्त्रीले बस्नेतले सम्मान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण