सुर्खेतमा फोर्स गाडी दुर्घटना, एक जना घाइते
हुम्लाका एम्बुलेन्स चालक कर्णाली नदीमा बेपत्ता
बिहीबार, ०४ जेठ २०८०, १८ : ४२
सुर्खेत । सुर्खेतमा फोर्स गाडी दुर्घटना भएको छ । पश्चिम सुर्खेतको विद्यापुरदेखि वीरेन्द्रनगरतर्फ आउँदै गरेको भे१अ २५८० नम्बरको गाडी बराहताल गाउँपालिकाको बड्डीचौरस्थित सोतखोला पुलमा बिहीबार दुर्घटना भएको हो ।
प्रहरी चौकी बड्डीचौरका अनुसार गाडीको ब्रेक फेल भएर पुलमा ठोक्किएको थियो । प्रहरीका अनुसार गाडीमा सामान्य क्षति भएको छ भने एक जना यात्रु घाइते भएका छन् ।
यस्तै हुम्लाको अदानचुली गाउँपालिकाका एम्बुलेन्स चालक कर्णाली नदीमा बेपत्ता भएका छन् । बिहीबार कर्णाली नदीमा माछा मार्न गएका एम्बुलेन्स चालक छक्क बुढा कर्णाली नदीमा बेपत्ता भएको प्रहरीले जनाएको हो ।
हुम्ला प्रहरीका अनुसार उनी माछा मार्ने क्रममा चिप्लएर नदीमा बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण